+
+

कामना सेवा विकास बैंक च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते १६:५४

७ फागुन, काठमाडौं । छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता कामना सेवा विकास बैंकले जितेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा भारतीय राजदूतावासलाई ८ रनले पराजित गर्दै कामना सेवा विकास बैंकले पहिलो पटक उपाधि जितेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो  ।

भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए । कामना सेवा विकास बैंकको बलिङमा हेमन्त श्रीवास्तव, केशव गिरी र घनश्याम ढुंगेलले समान एक विकेट लिए ।

त्यसअघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिङ गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो । कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए । सुरेश उप्रेतीले १३ रन बनाए । भारतीय राजदूतावासका निरज सिंहले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव भए ।

बुधवारै भएको पहिलो सेमिफाइनलमा भारतीय राजदूतावासले एनसेल ‘ए’ लाई १९ रनले र कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि च्याम्पियन टिम कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव घोषित भए । उनले प्रतियोगिताभर कुल २५ रन बनाउनुको साथै ४ विकेट लिए । उनले एक थान मोटरसाइकल प्राप्त गरे ।

यस्तै उत्कृष्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली, उत्कृष्ट ब्याट्सम्यान सेन्चरी बैंकका सुरज तिमिल्सिना, उत्कृष्ट विकेटकिपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए ।

फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्‍यो । प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?