Comments Add Comment

महाशिवरात्रि किन मनाइन्छ ?

हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ । यो वर्ष फागुन ९ अर्थात आज शुक्रबारका दिन महाविरात्री पर्व मनाइदैछ । यस पटक महाशिवरात्रिको दिन सर्वार्थ सिद्धि योग परेकाले यसको महत्व झन् धेरै बढेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्री हुन्छन्, तर महाशिवरात्री र शिवरात्रीमा ठुलो अन्तर रहेको छ ।

सबैभन्दा ठुलो प्रश्न के हो भने महाशिवरात्री किन मनाइन्छ ? आज हामी महाशिवरात्री किन मनाइन्छ ?

पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री  पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातीको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ । महाशिवरात्री यी तीन कारणहरुले मनाइन्छ ।

शिव–पार्वतीको विवाह

माता पार्वती र भगवान शिवको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र माता पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ । भनिन्छ, यो दिन भगवान शिवको पूजा आरधना गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुन्छन् । महाशिवरात्रीको ब्रत बस्नाले यदि कसैको विवाहमा बाधा–अड्चन आएको छ भने समस्त बाधा अड्चनहरु कम हुन्छ र छिट्टै विवाह हुन्छ भन्ने  एउटा मान्यता रहेको छ ।

२.महादेवको शिवलिङ्ग स्वरुप

पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिवले आफ्नो शिव लिङ्ग सवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ ।

३.विषपान गरेर संसारलाई संकटबाट बचाएको

भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मंथनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ ।

शिवरात्री र महाशिवरात्रीमा के अन्तर छ ?

हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । यो मासिक शिवरात्रीको नामले पनि प्रचलित छ । फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवराीको नामले चिनिन्छ । पौराणिक मान्यताहरुका अनुसार यो दिन नै आधि रातमा भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुप अर्थात रुद्र रुपमा अवतरित भएका थिए । त्यसैले यो तिथिलाई महाशिवरात्री भनिन्छ । यो दिन विशेष रुपले भगवान शिवको पुजा–अर्चना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment