+

ओवामेयाङको २ गोलमा आर्सनल विजयी

२०७६ फागुन  १२ गते ८:३० २०७६ फागुन १२ गते ८:३०

काठमाडौं । पिएरे एमरिक ओवामेयाङले २ गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा एभरटनलाई ३–२ ले पराजित गरेको छ ।

खेलको पहिलो मिनेटमै डोमिनिक कालभर्ट लेविनले गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा एडि एनकेथिएले आर्सनलका लागि बराबरी गोल फर्काए । ३३ औं मिनेटमा ओवामेयाङले व्यक्तिगत पहिलो गोल गर्दा आर्सनलले २–१ को अग्रता बनायो ।

तर पहिलो हाफको इन्जुरी टाइममा रिचार्लिसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा आर्सनलले १ गोल थप्दै जित हात पार्‍यो । ओवामेयाङले ४६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

जितपछि २७ खेलबाट ३७ अंक जोड्दै आर्सनल नवौं स्थानमा उक्लेको छ । समान खेलबाट ३६ अंक रहेको एभरटन ११ औं स्थानमा छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय