+

मस्तिष्काघातको जोखिमबारे डा. गंगोल : धुम्रपान र मद्यपान सकेसम्म त्यागौं  

२०७६ फागुन  १४ गते १३:५४ २०७६ फागुन १४ गते १३:५४
मस्तिष्काघातको जोखिमबारे डा. गंगोल : धुम्रपान र मद्यपान सकेसम्म त्यागौं  

मस्तिष्काघात पूर्व संकेतहरु बिना नै शरीरमा आक्रमण गर्ने प्राणघातक रोग हो । चिकित्सकहरु मादक पदार्थ सेवनपछि दिमागलाई भार पर्ने काम गर्नाले मस्तिष्काघात जस्ता डरलाग्दा रोगहरु लाग्ने गरेको बताउँछन् । छ दशकभन्दा धेरै चिकित्सा क्षेत्रमा बिताएका डा. दिनेशनाथ गंगोलले पक्षघात र मस्तिष्काघात जस्ता समस्याहरु धुम्रपान र मध्यपानको सेवनपछि दिमागलाई भार पर्ने काम गर्दा हुने बताए । पक्षघात हुँदा हरेक सेकेण्डमा ३१ हजारभन्दा धेरै कोषहरु मर्ने चिकित्सकहरु बताउँछन् । विश्वका कूल ६ जनामध्ये एक जनालाई जीवनको कुनै न कुनै मोडमा आएर पक्षघात हुने गरेको अन्तराष्ट्रिय अध्ययनहरुले देखाएको छ ।

सामान्य अवस्थामा प्रवाह भइरहेको दिमागको धमनी फुटेर रगतहरु यत्रतत्र जानु नै मानसिक मस्तिष्काघात हो । दिमागमा रगत प्रवाह हुने धमनीहरु फुट्दा त्यसको आसपासमा धेरै रक्तस्राव हुनेगर्छ । यस क्रममा हुने रक्तस्रावले मस्तिष्कका कोशिकाहरुको नाश गर्नेगर्छ । मानिसहरुको दिमाग खप्परको भित्रपट्टी हुन्छ । दिमागबाट रगत बगेको कारणले खप्पर र दिमागको बीचमा दबाब पैदा हुन्छ र त्यसले धेरै अंगहरुलाई नकारात्मक समस्या सिर्जना गर्छ ।

मस्तिष्काघातको मुख्य कारणको रुपमा उच्च रक्तचापलाई लिने गरिन्छ । अत्यन्त कमजोर रक्त बाहनीबाट रगत बग्ने काम नै मस्तिष्काघातका हो । यसका अरु कारणहरुमा औषधिहरुको दुरुपयोग र गम्भीर चोटका कारण पनि यो समस्या सिर्जना हुन्छ । ब्रेन स्ट्रोको सामान्य लक्षणहरुमा हिँड्दा हिँड्दै चक्कर लागेर ढल्नु, दैनिक काम गर्नको लागि समस्या हुनु आदि हुन् ।

गंगोल भन्छन् ‘मदिरा र धुम्रपान नै नशाको लागि समस्या’

गंगोलका अनुसार धुम्रपान गर्ने मानिसहरुमा यस्तो समस्या धेरै हुनेगर्छ । धुम्रपानले मानिसको नशामा समस्या सिर्जना गर्छ । यस्तो समस्या पहाडतिरका महिलाहरुमा धेरै देखिएको जानकारहरु बताउँछन् । त्यसमा रोग प्रतिरोधात्मक क्षमताको पनि योगदान महत्वपूर्ण मानिन्छ । उनी भन्छन् ‘ब्रेन ट्युमर र स्टोक कहिले हुन्छ ? भन्ने कसैलाई पनि थाहा हुँदैन । मादक पदार्थ सेवनपछि दिमाग लगाउने काम गर्दा दिमागमा प्रवाह भइरहेको रगतले धमनीहरुलाई फुटाएर यत्रतत्र जाने गर्छ । त्यसैले धुम्रपान र मदिराहरुको सेवन गरेर दिमागलाई भार पर्ने काम गर्नु हुँदैन ।’

उनका अनुसार एक एमएल मादक पदार्थ सेवन गर्दा लाखौं न्यूरोनहरु ड्यामेज हुनेगर्छ । त्यसपछि सवारी चलाउँदा यस्ता समस्याहरु धेरै आउने गरेको छ । उनी भन्छन् ‘मदिरा सेवन गरेर सवारी चलाउँदा हामीमा जजमेन्ट नै हुँदैन । अहिले मापसे चेकिङमा कडाई गरेपछि यस्ता समस्याहरु समेत तुलनात्मक रुपमा कम भएको देखिन्छ ।’

मस्तिष्काघातका ४ चरणहरु

मस्तिष्काघातका पनि विभिन्न चरणहरु हुन्छन् । शरीरको विभिन्न स्थानमा हुने रक्तस्रावलाई भिन्न भिन्न नाम दिने गरिएको छ ।

इन्ट्रासेरेब्रल हेमरेज – दिमागको भित्र हुने रक्तस्राव

सबरकनोइड हेमरेज – दिमाग र त्यसलाई सुरक्षित राख्ने झिल्लीबीच हुने रक्तस्राव

सबड्युरल हेमरेज – दिमागको तल्लो सतह र दिमागको माथिल्लो हिस्सामा हुने रक्तस्राव

एपिड्युरल हेमरेज – खप्पर र दिमागकोबीचमा हुने रक्तस्राव

५० वर्षभन्दा कम उमेरका मानिसहरुमा चोट लाग्नु नै मस्तिष्काघातको सबैभन्दा मुख्य कारणको रुपमा रहेको समेत जानकारहरु बताउँछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

दिसा रोक्ने बानी कति खतरनाक ? डाक्टरलाई ६ प्रश्न र त्यसको जवाफ

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?

हृदयघात जस्तै एक्कासी मृत्यु गराउन सक्ने ‘एरिथमिया’ रोग के हो ?