+

शनिलले कीर्गिस्तानी बक्सरलाई हराए

२०७६ फागुन  २० गते २१:०६ २०७६ फागुन २० गते २१:०६
शनिलले कीर्गिस्तानी बक्सरलाई हराए

काठमाडौं । जापानमा हुने टोकियो २०२० ओलम्पिकको एसिया-ओलम्पिक छनोट अन्तर्गत जोर्डनको अम्मानमा भइरहेको बक्सिङमा नेपाली खेलाडी शनिल शाहीले जित हात पारेका छन् ।

१३औं सागका स्वर्णधारी शनिलले पहिलो चरणमा किर्गिस्तानका बक्सर आर्जेन कादिरबेक उलुलाई पराजित गरेका छन् ।मंगलबार भएको ६३ केजी तौल समूहको भिडन्तमा शनिलले उलुलाई ४-१ अंकले हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

अब दोस्रो राउन्डमा उनले तजिकिस्तानका अनुभवी बक्सर बाखोदुर उस्मानोभको सामना गर्नेछन् । खेल मार्च ५ मा हुनेछ ।

यस्तै नेपाली महिला खेलाडी मिनु गुरुङले बुधवार महिला ५७ केजी तौल समूहमा दक्षिण कोरियाली खेलाडी इम अइजीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय