+
+
Shares

भीड जम्मा भएर होली खेल्न नपाइने, औपचारिक कार्यक्रम गर्न पनि रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते २०:३१

२१ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ ।

साथै, काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

‘छिमेकी राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइसकेको छ’, उनले अनलाइनखबरसँग भने, ‘नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा यो निर्णय भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?