Comments Add Comment

कोरोना संक्रमण विरुद्ध के हुँदैछ चीनमा ?

मिसिगन र क्याम्ब्रिज यूनिभर्सिटीका वैज्ञानिकहरुले तयार पारेका अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि चीनका विभिन्न शहरहरुमा जडान गर्न थालिएको छ ।

कोरोना भाइरसलाई निर्मूल पार्ने उपचार अहिलेसम्म उपलब्ध हुन सकेको छैन । तर, वैज्ञानिकहरुले एउटा त्यस्तो तरिका पत्ता लगाएका छन्, जसबाट यसलाई रोकथाम गर्न सकिने विश्वास लिइएको छ । मिसिगन यूनिभर्सिटीक्याम्ब्रिज यूनिभर्सिटिका वैज्ञानिकहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले फायर टाइनस नामक प्रविधिको विकास गरेका छन् ।

यसबाट कुनै पनि स्थानमा कोरोना भाइरसबाट संक्रमित सम्भावित मानिसको शुरुवाती पहिचान गर्न सकिन्छ । यसले कुनै पनि ठाउँमा शरीरको उच्च तापक्रमको आधारमा शंकास्पद विरामीको पहिचान गर्छ । त्यसपछि ती विरामीलाई छुट्टै अस्पताल लगिन्छ र त्यसबाट भाइरसलाई फैलनबाट रोक्न सफल हुन सकिन्छ ।

यो प्रविधिले एक हजार वर्ग फीटको दायरामा समावेश एक सय जना मानिसहरुको शरीरको तापक्रमको निगरानी गर्छ । यसले तापक्रम निगरानी गर्ने काम केवल आधा माइक्रो सेकेन्डमै गर्छ । यस प्रविधिमा इन्टिग्रेटेड क्यामरा सिस्टम, टेम्प्रेचर सेन्सर, न्यूरल नेटवर्क सिस्टमको प्रयोग हुन्छ । वुहान, बेइजिङसहित चीनको विभिन्न शहरका अस्पताल र स्कूलहरुमा यो प्रविधि जडान गरिरहेका छन्, जसले शंकास्पद बिरामीको छिट्टै पहिचान गर्न सकिन्छ ।

विशेषज्ञहरुका अनुसार यसबाट ९९ प्रतिशत फायर टाइनसको रिडिङ सही हुन्छ ।

फायर टाइनस एउटा हाई परफर्मेन्स इन्टिग्रेटेड सर्किट हो । यसको रिडिङ र व्यक्तिको शरीरको  वास्ताविक रिडिङमा केवल शून्य दशमलव १ डिग्री सेल्सियसको अन्तर हुन्छ । विशेषज्ञहरु यसको रिडिङलाई ९९ प्रतिशत सही बताउँछन् । फायर टाइनसमा फेशियल रिकग्निसन टेक्नोलोजीको पनि प्रयोग गरिएको छ । यसबाट शंकास्पद विमारीको तुरुन्त पहिचान हुन्छ । एउटा फायर टाइनस सिस्टमले जुन व्यक्तिहरुलाई निगरानी गर्छ, उनीहरुसंग सम्बन्धित तथ्यांकलाई एउटा सेन्ट्रलाइज्ड सर्भरमा पठाउँछ । त्यसको न्यूरल प्रोसेसिङ यूनिट हरेक सेकेन्डमा तीन लाख करोड गणना गर्न सक्षम छ ।

यसैबीच, ट्वीटरले संसारभरीबाट आफ्ना ५ हजार कर्मचारीहरुलाई घरबाट नै काम गर्ने सुझाव दिएको छ । कोरोना भाइरसको प्रकोप चीन बाहेक अन्य धेरै देशहरुमा समेत पर्न थालेको छ । यस कारण विभिन्न ठुला कम्पनिहरु पनि यसबाट प्रभावित भएका छन् । सोशल मिडिया कम्पनि ट्वीटर पनि यसमा समावेश छ ।

त्यसैले यसले ५ हजार कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने सुझाव दिएको हो । त्यस्ता कम्पनीहरु हङकङ, जापान  र दक्षिण कोरियामा कार्यरत आफ्ना कर्मचारीहरुका लागि घरबाट काम गर्न अनिवार्य गरिदिएको छ । अन्य देशहरुमा आफ्नो कम्पनीको अफिस खुल्ला रहने छ ।  जुन कर्मचारीहरुलाई अफिस आउन आवश्यक छ,  उनीहरु अफिस आउन सक्छन् भनेर कम्पनीले स्पष्ट रुपले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment