Comments Add Comment

बालबालिकालाई सास्ती : ६ घण्टा कक्षामा, ४ घण्टा बसमा

२७ फागुन, काठमाडौं । विश्वव्यापी रूपमा फैलँदै गएको कोरोना भाइरस र यसले निम्त्याएका परिणामबारे आजका दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । यसबाहेक अभिभावकले गुणस्तरीय विद्यालय छान्दा बालबालिकामा परेको असर, नयाँ गभर्नरका लागि जारी दौडधुपलगायत विषयलाई पनि अखबारहरूले समेटेका छन् ।

नयाँ पत्रिकाले यूएईमा कोरोनाबाट २ नेपाली संक्रमित भएको लेखेको छ । त्यस्तै, आठ देशका नागरिकलाई अनअराइभल भिसा रोक लगाएको विषयलाई पनि नयाँ पत्रिकाले कभरेज गरेको छ ।

कोरोना संक्रमण बढिरहेका बेला कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । नेपालको प्रमुख रोजगार गन्तव्यमध्ये एक कतारले यस्तो निर्णय लिएपछि वैदेशिक रोजगारीमा असर पर्ने ठानिएको छ ।

‘बालकालिकालाई सास्ती : ६ घण्टा कक्षामा, ४ घण्न्टा बसमा’ शीर्षक दिएर नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । गुणस्तरीय विद्यालयमा छोराछोरी पढाउने नाममा अभिभावकले टाढा–टाढाका विद्यालय रोज्दा बालबालिकालाई सास्ती भएको समाचारको सार छ ।

नयाँ पत्रिका लेख्छ– स्तरीय पठाइ हुन्छ भनेर बूढानीलकण्ठ हात्तीगौंडाका विद्यार्थीलाई ललितपुर हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल पुर्याइन्छ । स्तरीय पढाइ हुन्छ भनेरै ललितपुर हात्तीवनका विद्यार्थीलाई बाँसबारीस्थित चाँदबाग स्कुल ओसारिन्छ । ललितपुर धापाखेलको जेम्स स्कुलले बालाजु माछापोखरीसम्मका विद्यार्थी बोक्छ । चोभारको मोर्डन इन्डियन स्कुलले बूढानीलकण्ठ नारायणथानबाट विद्यार्थी जम्मा गर्छ । काठमाडौंको अत्यासलाग्दो जाम र धूलोमा बालबालिका दिनमा ४ घण्टा बाटोमै बिताउन बाध्य छन् ।

फागु पूर्णिमाको तस्वीर छापेको कान्तिपुरले कतारले नेपाली कामदार रोकेकोबारे मुख्य समाचार बनाएको छ । नेकपाको सांगठनिक अवस्थाबारे पनि कान्तिपुरले नजर लगाएको छ । समाचार अनुसार सांगठनिक एकता र एमसीसीलगायत थुप्रै विषयमा निर्णय लिनुपर्ने भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएयता छलफलसम्म हुन सकेको छैन ।

नागरिकलले भावी गभर्नरबारे चर्चा गरेको छ । अन्नपूर्णले रेमिट्यान्स जोखिमा परेको लेखेको छ । त्यस्तै सरकारको बजेट नेताको नाममा खर्च गर्ने परिपाटीबारे पनि अन्नपूर्णले आज समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment