+

बुटवल ब्लास्टर्सले गर्‍यो पेट्रियोटिक र दमकसँग सम्झौता

२०७६ फागुन  २७ गते १२:०२ २०७६ फागुन २७ गते १२:०२
बुटवल ब्लास्टर्सले गर्‍यो पेट्रियोटिक र दमकसँग सम्झौता

काठमाडौं । पोखरा प्रिमियर लिगको फ्रेञ्चाइज बुटवल ब्लास्टर्सले युवा क्रिकेटरहरुको विकासलाई लक्षित गर्दै झापाको पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर र दमक क्रिकेट क्लबसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बुटवलले पेट्रियोटिक र दमकसँग आबद्ध युवा क्रिकेटरहरुलाई आफ्नो प्रशिक्षण शिविरका साथै हाई पर्फर्मेन्स क्याम्पमा पनि सहभागी गराउने छ । यस्तै पेट्रियोटिक र दमकका खेलाडीहरुले बुटवलको लोगो आफूले प्रशिक्षण गर्दा र प्रतियोगितामा सहभागी हुँदाका जर्सिमा लगाउने छन् ।

बुटवलका प्रबन्ध निर्देशक अमित पोखरेल र दमक क्रिकेट क्लबका अध्यक्ष अबिस खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एक वर्षे सम्झौताको अवधि दुवै पक्षको आपसी सहमतिमा थप्न पनि सकिनेछ ।

‘यो सम्झौताले हामी निकै उत्साहित छौं । आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्मको खोजीमा रहेका युवा खेलाडीहरुका लागि यो राम्रो मौका हो । आशा गरौं यो सम्झौता नेपाली क्रिकेटको समग्र विकासमै सहयोग पुर्‍याउनेछ,’ पेट्रियोटिकका अध्यक्ष रोशन धितालले भने ।

दमक क्रिकेट क्लबले भविष्यमा आयोजना गर्ने प्रतियोगिताहरुमा पनि बुटवलले सहयोग गर्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय