+
+
Shares

बिक्रेता र ढुवानीकर्तालाई निगमको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १८:०७

५ चैत, काठमाडौं । नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउन विक्रेता तथा ढुवानीकर्ताले भूमिका खेले कडा कारबाही गर्ने चेतावनीे दिएको छ ।

बुधबार एक प्रेस विज्ञप्तिमार्फत निगमले बजारको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको आपूर्ति नियमित रहेको पनि जनाएको छ ।

‘पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारण उपभोक्ताहरुलाई भयवित गराइ फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेता आदिको संलग्नता पाइएमा नेपाल आयल निगम लिमिटेडले कडा कारबाही गर्नेआश्वस्त पार्न चाहान्छौँ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निगमले हल्लाको भरमा लागेर आवश्यक भन्दा बढी ग्यास तथा पेट्रोलियम पदार्थ भण्डारण नगर्न पनि अपिल आग्रह गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?