Comments Add Comment

छापामा आज : नाकाहरूमा जोखिमपूर्ण आवागमन

९ चैत, काठमाडौं । कोरोना त्रास र त्यसबाट उत्पन्न परिस्थितिमाथि आज पनि सबै दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् ।

‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक आवागमनमा कडाइ गरे पनि भारतसँगका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको समाचारको सार छ ।

कान्तिपुर लेख्छ– भारतमा संक्रमण विस्तारसँगै घर फर्कंने नेपालीको संख्या बढेकाले कतिपय नाकामा स्वास्थ्य जाँच त परै, भीड नियन्त्रण गर्नसमेत मुस्किल भएको छ । मुख्य नाकामा हेल्थ डेस्क राखिए पनि साना नाकाबाट आवागमन निर्बाध छ ।’

सिल्क एयरको विमान जबर्जस्ती ओर्लिएकोदेखि कोरोनाबाट बेलायतमा भूतपूर्व गोर्खाको मृत्यु भएकासम्मका खबर कान्तिपुरमा छन् ।

कान्तिपुरले जस्तै अन्नपूर्णले पनि सीमा नाकाहरूबाट भइरहेको आवागमनबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सीमा नाकाबाट असुरक्षित तरिकाले हूलका हूल नेपाली घरतर्फ आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment