Comments Add Comment

कसरी आर्जन गरेको धनले छटपटी र भय पैदा गर्छ ?

कात्रोमा कुनै खल्ती हुँदैन

सुन्दा रुखो लाग्ने र च्वास्स घोच्ने एउटा वक्यांश छ, ‘कात्रोमा कुनै खल्ती हुँदैन ।’ तर, यो सत्य हो । सत्य तीतो हुन्छ ।

जतिसुकै धन–सम्पतिको थुप्रो लगाएपनि जीवनको निश्चित अवधीपछि हामी नाङ्गो शरीर यो संसारबाट बिदा हुन्छौं । जसरी हामीले धर्तीमा प्रवेश गरेका थियौं । न हामीले जन्मदा केही ल्याएका थियौं, न मृत्यु हुँदा साथमा केही लैजान सक्छौं । भनिन्छ नि, ‘मेरो मेरो भन्छन् सबै मेरो केही छैन । एक्लै आउनु, एक्लै जानु लानु केही छैन ।’

भलै जीवन जिउनका लागि हामीलाई धन–सम्पति आवश्यक हुन्छ । जीवनका न्युनतम आधारभूत आवश्यक्ता पुरा गर्न पनि धन चाहिन्छ । कतिपय अभाव टार्न, दुःखलाई किनारा लगाउन धन चाहिन्छ । सुख–सुविधा, ऐश–आरमको लागि धन चाहिन्छ ।

मिठो खान, राम्रो लगाउन, सुविस्तासँग बस्न, उत्सव मनाउन, घुमफिर गर्न, आयस्रोत बढाउन हामीलाई धन चाहिन्छ । यी सबैबाट हामीले प्राप्त गर्ने भनेको सुख हो । आनन्द हो । अर्थात मिठो खाएर, सुविस्तासँग बसेर, चिरिच्याट्ट परेर हामी आनन्द प्राप्त गर्न चाहन्छौं । अतः यस्तो आनन्द, सुख र खुसी त्यही धनबाट प्राप्त हुन्छ जसमा हाम्रो पसिना मिसिएको छ ।

अर्थात पसिनाको आर्जनले मात्र हामीलाई खुसी र सुख दिने हो । अरुलाई पिरोलेर, अरुलाई डुबाएर, अरुलाई रुवाएर, अरुलाई लुटेर आर्जन गरेको धन कहिल्यै सुख दिदैन । सन्तोष दिदैन । बरु, त्यस्ता धनको थुप्रो लगाएपछि मनमा अशन्ति हुन्छ । छटपटी हुन्छ ।

हामीकहाँ यसरी धन आर्जन गर्ने नेता–मन्त्री, व्यापारी, ठेकेदारहरु राती राम्ररी सुत्न सकिरहेका छैनन् । उनीहरुसँग आरमदायक पलंग छ, तर निद्राका लागि सिल्पिङ ट्याप्लेट चपाउनुपर्छ । उनीहरुको भान्सामा चौरासी ब्यान्जन पाक्छ । तर, उनीहरुको शरीरले ति खानेकुरा पचाउँदैन । खानेकुरा भन्दा बढी उच्च रक्तचाप, मधुमेह, कोलोस्टर लगायतको औषधि सेवन गर्नुपर्छ ।

हाम्रा पिता–पूर्खाहरुले भन्दै आएका छन्, ‘इमानको धन मात्र तिम्रो हो । त्यसले मात्र तिमीलाई सुख र समृद्ध दिलाउँछ ।’

आफ्नो श्रम, मेहनत, विवेकबाट आर्जित धन–सम्पतिले हामीलाई जसरी आनन्द दिलाउँछ छलेर, चोरेर, लुटेर आर्जन गरेको धन सम्पतिले उसैगरी वेचैन बनाउँछ । त्यसैले धन–सम्पति त्यसरी नै आर्जन गर्नुपर्छ, जसमा हाम्रो विवेक मिसिएको होस् । श्रम मिसिएको होस् । मेहनत मिसिएको होस् । लगाव मिसिएको होस् । सिर्जनसिलता मिसिएको होस् ।

अब वर्तमान अवस्थमा फर्कौं । यतिबेला हाम्रो मुलुक मात्र होइन, विश्व नै भयानक संकटसँग जुधिरहेको छ । कोरोना भाइरसले विश्वका मानव समुदायलाई पिरोलेको छ । यसले कतिको ज्यान खोसेको छ, कतिलाई रोगको चपेटामा पारेको छ, कतिलाई पिरै–पिरको भँुमरीमा फसाएको छ, कतिको रोजीरोटी गुमाइदिएको छ, कतिको पेशा–व्यवसाय धरापमा पारिदिएको छ ।

यस्तो अवस्थामा हामीले भाइचारा, सद्भाव कायम राख्नुपर्ने हो । आपसी साथ, सहयोग र सहयकार्य गर्नुपर्ने हो । तर, यो संकटलाई कमजोरी ठान्दै मौकाको फाइदा उठाउनेहरु यहाँ सल्बलाएका छन् । दैनिक उपभोग्य वस्तुको काजोबजारी गर्न तम्सिएका छन् । खाना पकाउने ग्याँस, खाद्यन्नदेखि स्वास्थ्य सुरक्षाका लागि आवश्यक मास्क, सेनिटाइजर आदिमा मोलमोलाई गर्न थालिएको छ । मानविय मूल्य भुलेर धन–सम्पति आर्जन गर्ने दाउपेच गरिदैछ ।

यो पनि पढ्नुहोस कालोबजारी गर्ने दुई पक्राउ   

यतिबेला राज्यले संभावित स्वास्थ्य संकटबाट बच्न आफ्नो प्रतिरक्षा प्रणालीलाई चुस्त र तन्दुरुस्त राख्ने संभव भएसम्मको प्रयास गरिरहेको छ । आउजाउ, भिडभाड कम गर्नेदेखि औषधि उपचारका लागि स्वास्थ्य सेवाहरुलाई सतर्क अवस्थामा राख्नेसम्मको पहल भइरहेको छ । त्यससँगै संभावित खाद्य संकट टार्नका लागि पनि राज्यले काम गरिरहेको छ ।

यो पनि पढ्नुहोस काठमाडौं छाड्नेको लर्को, टिकटको मूल्य चर्को

यस्तो अवस्थामा कतिपय भने कालोबजारी गर्न सल्बलाएका छन् । धेरैजसो ग्याँस डिपोमा खाना पकाउने ग्याँस छैन । शहरबाट घर फर्कनेहरुका लागि गाडी भाडा मनपरी ढंगले असुल्न थालिएको छ । मास्क, सेनिटाइजरको मूल्य बढाइएको छ ।

यो पनि पढ्नुहोस बढी मूल्यमा बेच्न लागिएको स्यानिटाइजर र मास्कसहित दुई पक्राउ यो पनि पढ्नुहोस बढी मूल्यमा बेच्न लागिएको स्यानिटाइजर र मास्कसहित दुई पक्राउ

यतिबेला सबैजना एकढिक्का भएर संभावित संकटबाट बच्नका लागि अग्रसर हुनुपर्ने हो । खाद्यन्न लगायत अत्यावश्यक बस्तु अभाव हुन नदिने सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने हो । चिकित्सा सेवालाई चुस्त र छरितो बनाउन सहयोग गर्नुपर्ने हो । आत्म अनुशासन पालना गर्दै भिडभाडमा नजाने, जमघट गर्ने, अनावश्यक खानेकुरा जगेडा नगर्ने, भ्रम नफैलाउने काम गर्नुपर्ने हो । जबकी कतिपय भने यही मौकामा धन सम्पति थुपार्ने दाउमा छ ।

यो पनि पढ्नुहोस कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने युवक पक्राउ

आवश्यक सामाग्री लुकाएर, मूल्य बढाएर, मोलमोलाई गर्ने अमानविय कृत्य गरिरहेका छन् । यसरी आर्जन गरेको धनले उनीहरुलाई सुख र सन्तोष मिल्छ होला ? के उनीहरुले बोध गरेका छैनन् ‘कात्रोमा कुनै खल्ती हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment