+
+
Shares

औषधि, मास्क र सेनिटाइजर निकासीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १३:४५

९ चैत, काठमाडौं । कोरोना उपचार र रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री निर्यातमा सरकारले रोक लगाएको छ ।

सम्भावित जोखिममा आभाव नहोस भन्दै औषधि, मास्क, सेनिटाइजर, पीपीई र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पन्जा निर्यातमा रोक लगाएको भन्सार विभागले जनाएको छ ।

कोरोना सुरक्षाका लागि नभइ नहुने पाँच थरीका बस्तुहरु निर्यातमा शनिबारदेखि रोकिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले अनलाइनखबरलाई बताए । कसैले त्यस्ता बस्तु निकासी गर्न खोजेमा रोक्न सबै भन्सार कार्यालयहरुलाई पत्राचार गरिसकिएको पनि उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा स्वस्थ्यसँग अत्यावश्यक बस्तुको निर्यातमा रोक लगाइएको दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?