Comments Add Comment

तेस्रो युथ एसियन गेम्स २०२१ को नोभेम्बरमा चीनमा हुने

२० चैत, काठमाडौं । सन् २०२१ मा चीनमा हुने तेस्रो युथ एसियन गेम्सको मिति तय भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले बुधबार युथ एसियन गेम्स २०२१ नोभेम्बरमा गर्ने निर्णय गरेको छ ।

जस अनुसार अब युथ एसियन गेम्स २० देखि २८ नोभेम्बरसम्म चीनको सान्तोउमा हुनेछ । युथ एसियन गेम्स २०२१ मा चीनमा आयोजना गर्ने र यसअघि नै तय भइसकेपनि मिति तय भएको थिए ।

बुधबार ओसीए महानिर्देशक हुसेन अल मुसल्हामले सदस्य राष्ट्रिय ओलम्पिक कमिटीहरुलाई पत्र पठाउँदै तेस्रो युथ एसियन गेम्सको मिति तय भएको जानकारी गराएका हुन् ।

‘मलाई यो भन्न पाउँदा खुसी लागेको छ, ओसीएले चीनको सान्तोउमा आयोजना हुने तेस्रो एसियन युथ गेम्स २० देखि २८ नोभेम्बरसम्म गर्ने निर्णय गरेको छ ।’ पत्रमा भनिएको छ ।

पहिलो युथ एसियन गेम्स २०११ मा सिंगापुरमा र दोस्रो संस्करण २०१३ मा चीनको नानजिंगमा आयोजना गरिएको थियो । हरेक चार चार वर्षमा गेम्स आयोजना हुने भएपनि २०१७ मा श्रीलंकामा तय भएको तेस्रो संस्करण स्थगित भएको थियो ।

अब हुने तेस्रो युथ एसियन गेमसमा विभिन्न १८ खेल समावेश गरिएको छ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सुरुवात ने चीनबाट भएपनि ओसीएले अर्को वर्ष चीनमै युथ गेम्स गर्ने निर्णय गरेको हो । काेरोना भाइरसका कारण अहिले विश्व खेलकुद ठप्प छ भने यस वर्षका ठूला खेल मेलाहरु टोकियो ओलम्पिक, युरो कप, कोपा अमेरिका एक वर्ष पछि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment