
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य उपकरणबारे निस्पक्ष छानबिन गर्न माग गरेका छन् ।
कोइरालाद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘अति आवश्यक स्वास्थ्य उपकरणको खरिद प्रक्रिया विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाण सञ्चार माध्यमबाट आइरहेकाले यसको बारेमा निस्पक्ष छानबिन हुनुपर्छ ।’
सरकारले ओम्नी समूहसँग गरेको एक अर्ब भन्दा बढीको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर खरिदको जिम्मेवारी सेनालाई दिइसकेको छ ।
महामन्त्री कोइरालाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आयस्तरका नागरिकको राहत प्याकेज वितरणमा संवेदनशील हुन गरेका छन् । उनले राहत सामग्री स्थानीय निकायमार्फत जनतासम्म पुर्याउन सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4