+
+
Shares

नहरमा डुबेर बालकको मृत्यु

रासस रासस
२०७७ वैशाख २ गते १८:४४

२ वैशाख, सुनसरी । जिल्लाको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एबीआई इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ वर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आमासँगै नहरमा नुहाउनका लागि गएका बेला अचानक पानीमा डुवेर गम्भीर घाइते ती बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा सोमबार मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?