Comments Add Comment

खाद्यान्न भन्दै मदिरा ढुवानी गर्न खोज्दा ….

४ वैशाख, सप्तरी । खाद्यान्न भन्दै मदिरा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा सप्तरीमा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।

लक डाउनको समयमा खाद्यान्न भन्दै मदिरा लोड गरेर राजविराजबाट दक्षिणतर्फ लैजाने क्रममा राजविराज नगरपालिका– ६ बाट प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टर र चालक श्रवण यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

ट्याक्टर रोकी सोधपुछ गर्दा चालक महदेवा गाउँपालिका १ बस्ने मण्डलले खाद्यान्न लोड गरेको बताएका थिए । त्यसपछि प्रहरीले चेकजाँच गर्दा विभिन्न ब्राण्डका मदिरा बरामद भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

ट्याक्टरबाट विभिन्न ब्राण्डका ११६ कार्टुन मदिरा बरामद गरिएको उनले बताए । बरामद मदिरा, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment