+
+
Shares

करिश्माको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १२:५९

नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् ।

उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।

करिश्माको यो अनुरोध आएपछि केही मानिसहरु उनको घरसम्म पनि पुगेका छन् । करिश्माले केहीलाई सहयोग गर्न सकेको तर पूर्ण तयारी नगरिएकाले पनि केहीलाई फर्काउन परेको भन्दै भोली गरौला समेत भनेकी छिन् ।

करिश्माले सबैलाई आफ्नो नजिकका परिवार, छिमेकीहरुलाई सहयोग गर्न पनि अपिल गरेकी छिन् । उनले, कतिपय मानिसहरु उनको स्टाटस हेरेर सातदोबाटोबाट गोदावरीसम्म हिडेर पुगेको पनि उल्लेख गरेकी छिन् ।

नायिका करिश्मा मानन्धरले सामाजिक संजालमा केही नयाँ सुन्द तस्वीरहरु पनि पोष्ट गरेकी छिन् । तस्वीर पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘फोटो त हाल्न परिहाल्यो, नत्र बिर्सिएला’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?