
७ वैशाख, काठमाडौं । काठमाडौंको गुह्येश्वरीमा एक जनाको शव भेटिएको छ ।
आइतबार टाउको सडेको अवस्थामा भेटिएका उनको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
ती व्यक्तिको झण्डै एक साता अघि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
शवलाई आइतबार नै पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ । नीलो जिन्स पाइन्ट लगाएको अवस्थामा भेटिएका उनको खल्तीमा पाँच सय रुपैयाँ भेटिएको छ ।
अहिले परिसर र अपराध महाशाखा समेतको टोलीले सीसीटीभी फुटेज र आसपासका हराएका व्यक्तिको खोजी गरी उनको पहिचान गर्न सुरु गरेको प्रहरीले जनाएको छ ।
केही दिनअघि भक्तपुरमा समेत टाउको नभएको अवस्थामा एक व्यक्तिको शव भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4