+
+
Shares
म्यानमारमा हिंसा :

म्यानमारमा कोरोना परीक्षण नमुना लैजाँदै गरेका युवकको गोली हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १८:३५

९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालातर्फ गइरहेका एक सवारी चालकको म्यानमारमा गोली हानी हत्या भएको छ ।

म्यानमारको पश्चिमी प्रान्त रखाइनबाट स्वाब बाेकेर याङ्गुनतर्फ गइरहेका युवकको गोली हानी हत्या भएको हो । गोली लागेर प्याए सोन विन माउङ काे ज्यान गएकाे बताइएकाे छ । २८ वर्षीय माउङ  गाडी चालक हुन् ।

संयुक्त राष्ट्र संघका अनुसार, विश्व स्वास्थ्य संगठनको गाडीमा स्वाब परीक्षणका लागि यान्गुन लैजाँदै गर्दा गोली प्रहार भएको हो ।हत्या गरिएका ती युवक विगत तीन वर्षदेखि (डब्लुएचओ) का लागि काम गर्दै आएका थिए ।

आक्रमणमा एक स्वास्थ्यकर्मी पनि घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको बताइएको छ । अहिलेसम्म म्यानमारमा एक सय १९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँचजनाको यसबाट मृत्यु भइसकेको छ ।

यो क्षेत्रमा सरकारी सेना र अराकन चरमपन्थीबीच युद्ध जारी छ । कोरोना भाइरसको महामारीको समयमा युद्धबिरामको लागि अनुरोध गरिए पनि युद्ध रोकिएको छैन । म्यानमारका विभिन्न चरमपन्थीले महामारीमा युद्धबिरामको घोषणा गरेका थिए । तर, म्यानमारको सेनाले त्यसलाई अस्वीकार गरेको थियो ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पक्षले पनि लिएका छैनन् । उनीहरू एकले अर्कोलाई आरोप प्रत्यारोप गरिरहेका छन् । एक वर्षदेखि यो क्षेत्रमा युद्ध चल्दै आएको छ । तर, पछिल्लो समय आक्रमण बढेको छ । म्यानमारका सेनाका प्रवक्ता टुन टुन नयीले सरकारलाई सहयोग गरिरहेका चालकको हत्या गर्नुपर्ने सेनालाई कुनै कारण नरहेको बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?