+
+
Shares

इटालीमा लकडाउन खुकुलो पारियो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १७:४४

२२ वैशाख, काठमाडौैं । करिब दुई महिनापछि इटालीमा लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारी कम भएसँगै इटालीले लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको हो । यससँगै अब मानिसहरू आफ्नो घरको आसपास निस्किन पाउने भएका छन् । साथै आफन्तको घरमा जाने, पार्कमा घुम्न जाने र रेष्टुरेन्टबाट खाना प्याक गराउन सक्ने भएका छन् ।

सरकारले लकडाउन खुकुलो पारेसँगै करिब ४० प्रतिशत मानिसहरू काममा फर्किने अपेक्षा गरिएको छ । इटालीका प्रधानमन्त्री जिउसेप्पी कोन्टेले आगामी दिनमा कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै लकडाउन अझ खुकुलो पार्ने वा बढाउने विषयमा निर्णय गरिने बताएका छन् । उनले मानिसहरूलाई आफूहरू कोरोना संक्रमणबाट मुक्त भएको भनेर नबुझ्न आग्रह गरेका छन ।

इटालीमा अहिलेसम्म कोरोना भाइरसबाट दुई लाख १० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २८ हजार आठ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?