+
+
Shares

बढी मूल्यमा सिमेन्ट बिक्री गर्ने पसलमा सिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १५:४४

२४ वैशाख, जनकपुरधाम । बजार मूल्य भन्दा बढीमा सिमेन्ट बिक्री गरेको पाइएपछि सिराहाका एक सिमेन्ट पसल बुधबार सिलबन्दी गरिएको छ ।

मिर्चेया बजारस्थित भाग्य विधाता आइरण स्टोरले बजार मूल्य भन्दा बढीमा मारुती सिमेन्ट बिक्री गरेको पाइएपछि पसलमा सिलबन्दी गरिएको सिराहा प्रहरीले जनाएको छ । प्रहरीले पसलका मालिक राजकुमार मगरलाई पनि नियन्त्रणमा लिएको छ । मगरले प्रति बाेरा ७६० रुपैयाँ मूल्य पर्ने सिमेन्ट ८ सय रुपैयाँमा बिक्री गरेको पाइएपछि उनको पसलमा सिलबन्दी गरिएको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी विनोद घिमिरेले बताए । मगरको पसलमा उक्त कम्पनीको ३४० बोरा फेला परेको उनले बताए ।

मगरको पसलबाट १० बोरा सिमेन्ट खरिद गरी अटो रिक्सामा राखेर स्थानीय टिकाराम पोखरेलले लैजाँदै गरेको अवस्थामा प्रहरीले राेकेर चेकजाँच गरेको थियो । पोखरेलसँग सोधपुछ गर्ने क्रममा मगरले बढी मूल्यमा सिमेन्ट बिक्री गरेको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?