Comments Add Comment

मुम्बईबाट लुकिछिपी आएका थिए कपिलवस्तुका संक्रमित

गाउँ छिर्न नदिई क्वारेन्टाइनमा राखिएको थियो

२७ बैशाख, रूपन्देही । कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरू यसअघि मुम्बईबाट आएका दुई जना संक्रमितहरूसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

उनीहरू पाँचै जना यही वैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार रातको समयमा नेपाल प्रवेश गरेका उनीहरू पाँचै जना भारतको मुम्बईबाट सँगै आएका थिए ।

आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरू कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका-२ अभिरावका हुन् ।

यो पनि पढ्नुहोस नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

वडा नं. २ का वडाध्यक्ष सफरुद्दीन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरूलाई गाउँमा प्रवेश गर्न नदिई बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए ।

यसअघि कोरोना पुष्टि भएका कपिलवस्तुका-२ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत छन् । नयाँ संक्रमित तीन जनालाई पनि आज बुटवल ल्याइँदैछ । उनीहरूमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखिएको छैन ।

उनीहरू पाँचैजना मायादेवी-१ को पकडी छत्रपाली माविमा बनाइएको क्वारेन्टाइनमा थिए । सो क्षेत्रमा हाल आउ-जाउ बन्द गरिएको छ ।

कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा एक जनालाई कोरोना पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस भुल्केका नयाँ संक्रमित : पहिले नेगेटिभ, पुनःपरीक्षण गर्दा पोजेटिभ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment