+

डाइनामो ड्रेसडेनको पूरै टिम आइसोलेसनमा

२०७७ वैशाख  २८ गते १५:३४ २०७७ वैशाख २८ गते १५:३४
डाइनामो ड्रेसडेनको पूरै टिम आइसोलेसनमा

२८ वैशाख, काठमाडौं । जर्मन बुण्डेसलिगा टूमा खेल्ने डाइनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि पूरै टिमलाइ दुई हप्ताका लागि आइसोलेसनमा राखिएको छ ।

लिग सुरु हुन २ साता बाँकी रहँदा डाइनामो ड्रेसडेनका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको हो ।

बुण्डेसलिगा र बुण्डेसलिगा टू यही मे १६ देखि फेरि सुरु हुँदैछ । कोरोना भाइरस प्रकोपपछि युरोपमा हुन लागेको यो नै पहिलो लिग हो ।

क्लबले अबको १४ दिन प्रशिक्षण गर्न नसकिने र खेल्न नसकिने जनाएको छ ।

बुण्डेसलिगा टूको अंक तालिकाको पुछारमा रहेको ड्रेसडेनले सुरुवाती खेल खेल्न नसक्ने भएको छ ।

ड्रेसडेनले १७ मेमा ह्यानओभर ९६ सँग खेल्ने तालिका छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय