Comments Add Comment

मध्यपुर थिमिमा औषधि पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

३१ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले औषधि पसल पनि बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

बुधबार बसेको नगरस्तरीय बैठकले औषधि पसल, खाद्यान्न पसललगायत अत्यावश्यक वस्तुका पसल पनि बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।

मेयर मदन सुन्दर श्रेष्ठले विज्ञप्ति निकालेर अत्यावश्यकबाहेक अरु पसल भने अनिवार्य बन्द गर्नुपर्ने बताएका छन् ।

नगरपालिकामा मंगलबार एक युवतीमा कोरोना संक्रमण भएको पाइएपछि संक्रमण फैलिन नदिन भन्दै कडाइ गरिएको हो ।

नगरपालिकाले नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो सडक राजमार्गबाहेक अन्य मार्ग तथा बाटोमा आवागमन पूर्ण रुपले निषेध गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै नगर क्षेत्रभित्र घर वा भाडामा बस्ने व्यक्ति उपत्यकाबाहिर गएको भए फर्की आउन नदिने र आएको भए परीक्षण गरेर मात्र प्रवेश गराउन घरधनीहरुलाई नगरपालिकाले सजग गराएको छ । यदि यसो नगरेको पाइए घरधनीलाईसमेत कारबाही गर्ने मेयर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment