Comments Add Comment

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा छिर्‍यो कोरोना

२ जेठ, काठमाडौं । बंगलादेशको रोहिंग्या शिविरका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । कोक्स बजारमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा करिब १० लाख रोहिंग्या शरणार्थी बस्छन् । यस्तोमा शिविरभर कोरोना भाइरसको महामारी फैलिने चिन्ता बढेको छ ।

अधिकारीहरुका अनुसार, अहिले संक्रमण भेटिएका दुई जनालाई आइसोलेसनमा राखिएको छ । साथै करिब एक हजार नौ सय शरणार्थीलाई परीक्षणको लागि आइसोलेसनमा राखिएको छ । कोक्स बजारमा रहेको यो शिविर अत्यधिक भीड भएको क्षेत्र हो । यो क्षेत्र मार्च १४ देखि लकडाउनमा छ । पछिल्लो समय विश्वभर शरणार्थी शिविरमा कोरोना भाइरस फैलिने चिन्ता बढेको छ । यसै साता ग्रीसको लेसबोसमा पनि दुई आप्रवासीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

शरणार्थी शिविरमा भौतिक दूरी कायम राख्न स सामाजिक सम्पर्क घटाउनु निकै चुनौतीपूर्ण हुन्छ । त्यसैले यो क्षेत्रमा संक्रमण फैलिन नदिने प्रयासहरु भइरहेका छन् ।

इन्टरनेशनल रेस्क्यु कमिटिको बंगलादेशका निर्देशक मनिस अग्रवालले अहिले शरणार्थीहरु प्रति एक वर्गकिलोमिटरमा ४० देखि ७० हजारसम्म बसिरहेको बताएका छन् । यो क्षेत्रमा चीनको वुहानको तुलनामा चारगुणा छिटो भाइरस फैलिन सक्ने बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment