+
+
Shares

सशस्त्र प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप

आरोपित भन्छन् - फसाउन खोजियो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते २२:१८

२ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीका एक जना प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप लागेको छ ।

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक सागर मल्ल ठकुरीमाथि बलात्कारको आरोप लागेको हो ।

स्थानीय १४ र १६ वर्षीया दुई जना युवतीलाई ललाई फकाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप पीडितका आफन्तले उनीमाथि लगाएका छन् ।

लकडाउनको समयमा बिहीबार राति ठोरी गाउँपालिका ३ स्थित एक होटलबाट स्थानीय युवाहरुले दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।

घटनाबारे जानकारी आएको भन्दै पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीले अनलाइनखबरसँग भने, ‘आरोपित र पीडित भनिएका दुवै पक्षलाई जिल्ला ल्याउन निर्देशन दिइसकेका छौं । पीडित युवतीहरुको स्वास्थ्य परीक्षण गरिने र घटनाबारे थप अनुसन्धान भएपछि मात्रै वास्तविता खुल्नेछ ।’

‘जिल्लाको निर्देशनपछि पीडित युवतीहरुलाई गाडीमा राखेर म आफैंले जिल्ला लगिरहेको छु,’ ठोरीका प्रहरी निरीक्षक अशोक शाहले अनलाइनखबरसँग भने, ‘अहिल्यै मैले थप कुरा बताउन सक्दिन ।’

आरोपित प्रहरी निरीक्षक ठकुरीले भने आफूलाई फसाउन खाजिएको बताएका छन् । उनले भने, ‘गाँजा तस्कर भइरहेको सूचनाको आधरमा एक जना जवानलाई लिएर म त्यस क्षेत्रमा गएको थिएँ । त्यही बेला पानी पर्न थालेपछि नजिकैको होटलमा बसेको हुँ । होटलमा बस्ने बेलामा गाँजा तस्करकै समूहले मलाई आरोप लगाउँदै कब्जामा लिएको हो ।’

माथिल्लो निकायमा जानकारी गराएरै त्यस क्षेत्रमा गएको भन्दै प्रहरी निरीक्षक ठकुरीले भने, ‘आफूमाथि कुनै उजुरी परेको पनि छैन, त्यसैले जिल्ला जाने कुरै हुँदैन । मैले गल्ती गरेको भए कारबाही भोग्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?