+
+
Shares

कञ्चनपुरको क्वारेन्टाइनमा बसेका ६२३ लाई आरडीटीपछि घर पठाइयो

रासस रासस
२०७७ जेठ ४ गते १०:०६

४ जेठ, कञ्चनपुर  । कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् ।

क्वारेन्टाइनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए । क्वारेन्टाइनमा बस्नका लागि आउँदा सामान्य स्वास्थ्य जाँच गरिएकालाई आरडीटी परीक्षणपश्चात घर फिर्ता गरिएको छ । आरडीटीको नतिजा सबैको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता हुनेमा भीमदत्त नगरपालिकामा १४५, महाकाली नगरपालिकामा २२, वेदकोट नगरपालिकामा ३६, शुक्लाफाँटा नगरपालिकामा ४२, कृष्णपुर नगरपालिकामा ३४, पुर्नवास नगरपालिकामा ३४, बेलौरी नगरपालिकामा १२०, लालझाडी गाउँपालिकामा १४६ र बेलडाँडी गाउँपालिकामा ३० जना छन् ।

क्वारेन्टाइनको श्यया सङ्ख्या भीमदत्त नगरपालिकामा १००, महाकालीमा ५१, वेदकोटमा ६४, शुक्लाफाँटामा २२, कृष्णपुरमा ३६, पुर्नवासमा ५०, बेलौरीमा १०५, लालझाडीमा ८९, बेलडाँडीमा २३ गरी ५४० रहेका छन् । कवारेन्टाइनमा १४ महिला र १४१ पुरुष गरी १५५ छन् । भारतबाट घर फर्कनेको सङ्ख्या बढ्दै जान थालेको छ ।

भारतबाट फर्किएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिँदै आएको छ । हालसम्म भीमदत्तमा ४५, महाकालीमा छ, वेदकोटमा छ, शुक्लाफाँटामा तीन, कृष्णपुरमा १४, पुर्नवासमा १५, बेलौरीमा १५, लालझाडीमा ४१, बेलडाँडीमा १० गरी १५५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।

आइसोलेसन श्यया सङ्ख्या महाकाली अस्पतालमा आठ, वेदकोटमा छ र बेलौरीमा पाँच गरी १९ छन् । हालसम्म महाकाली अस्पतालमा १४८, भीमदत्त नगरपालिकामा ७६, महाकाली नगरपालिकामा ३६, वेदकोटमा ४३ गरी ३०३ जनाको पीसीआर विधिबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । तीमध्ये एक जनाको नतिजा पोजेटिभ आएकामा उपचारपछि उनी घर फर्किसकेका छन् । आरडीटी दुई हजार २९८ को गरिएकामा दुईको रिपोर्ट पोजेटिभ आएको थियो । दुवैको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।

कञ्चनपुरमा भारतलगायत अन्य देशबाट फर्केका पाँच हजार ८८२ जना रहेका छन् । विदेशबाट फर्केका सबैको स्वास्थ्य जाँच गरिएको छ । हालसम्म दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने २७ हजार २६५ जनालाई स्थानीय तहले राहत सामग्री उपलब्ध गराएका छन् ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?