Comments Add Comment

नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा

४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।

आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् ।

जिल्लाको कटारी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन । उनीसँगै सम्पर्कमा रहेका व्यक्तिको भने कोरोना परीक्षणमा पोजिटिभ आएको थियो । हाल ती पत्रकार विराटनगरको कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा छन् ।

सबैको सल्लाहमै आइतबार विहान अस्पतालमा भर्ना भएको कटुवालले अनलाइनखबरलाई जानकारी दिए । ‘भेट भएका व्यक्तिहरुमा पनि संक्रमण देखियो, आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउनुपर्छ भनेर म भर्ना भएको हुँ’ उनले भने ।

उनमा कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । कटारी अस्पतालले कोभिड–१९ को उपचारका लागि ६ वेडको आइसोलेसन तयारी अवस्थमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment