Comments Add Comment

कोरोना फैलियो भने संसद नै क्वारेन्टिनमा जानुपर्ने हुन्छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नाममा सरकार सांसदको स्वास्थ्य सुरक्षाप्रति संवेदनहीन भएको आरोप लगाएका छन् ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायत सावधानी अपनाउनुपर्नेमा सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको प्रति उनले आपत्ती जनाए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद रिजालले सरकार संसद र सांसदप्रति जिम्मेवार नरहेको आरोप लगाए ।

‘एउटा मौरीमा फैलियो भने पुरै घारमा कोरोना फैलिन्छ । पुरै घारलाई फैलियो भने यो संसद क्वारेन्टिनमा जानुपर्ने हुन्छ’ उनले भने ‘…अनि यो ठाउँमा तीन घण्टा भन्दा बढी समयसम्म एकै ठाउँमा बन्द गरेर राख्ने ? यो भन्दा सरकारको संवेदनहीनता केही पनि हुन सक्क्तैन ।”

सांसद रिजालले नीति तथा कार्यक्रम स्रोत साधनले धान्न नसक्ने उच्च आंकाक्षाको दस्तावेज, उपदेशहरु भएको तथा संघीयतासम्मत नभएको टिप्पणी गरे ।
उनले कोरोनाले मुलुकमा सबैभन्दा ठूलो आर्थिक संकट उत्पन्न हुन सक्ने आकलनका साथ अर्थतन्त्र पुनरुत्थानमा नीति तथा कार्यक्रम केन्द्रीत हुन नसकेको बताए ।

नेपाली कांग्रेसका तर्फबाट सककारको नीति तथा कार्यक्रममाथि दर्ता भएको संशोधन प्रस्तावको प्रस्तावकको रुपमा धारणा राखेका सांसद रिजालले नीति तथा कार्यक्रमको बुँदा १ देखि २ सय ७६ सम्म नै संशोधन गर्न माग गरे । बुँदा नम्बर ११, १९ र २ सय ३१ मा उनले आपत्ति जनाए ।

अघिल्लो बर्ष र यो बर्ष सरकारका नीति कार्यक्रकम ‘केही उस्तै केही दुरुस्तै’ उनले टिप्पणी गरे ।

कोरोनाको कहरबाट नेपाली जनतालाई बाँच्न कठिन भइरहेका बेला उनीहरुको दैनिक सहज बनाउने तर्फ नभई नीति तथा कार्यक्रममा २०९९ मा नेपाल समुन्नत राष्ट्र बन्छ भनेर राखिनु सरकारको चरम संवेदनहीन भएको दाबी रिजालले गरे ।

संकटले अवसर पनि ल्याउने भन्दै उनले स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्न्ुपर्ने आवश्यकता औल्याए ।

उनले कोरोना महामारीको जोखिममा रहेका तथा लकडाउनले जनजीवन प्रभावित बन्दै जाँदा भोकै बस्न बाध्य भएकामा प्राण भर्ने आधार बन्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘प्रधानमन्त्री ज्ञानी बन्नुहोस् । प्रधानमन्त्री नेपाली जनताका लागि ज्ञानी बन्नुहोस् । त्यही ज्ञानी बन्नुहुन्छ भन्ने आधारले तपाईलाई जनताले मत दिएर यो ठाउँमा पुर्याएको हो । जनताको विवेकको अपमान नगर्नुहोस्’ उनले भने ।

नेता रिजालले सीमा अतिक्रमणका बारेमा पनि सरकार गम्भीर र संवेदनशील हुन नसकेको आरोप लगाए ।

‘हाम्रो सीमा अतिक्रमण भएको छ । सरकारको नीति कार्यक्रम हेर्दा लाग्छ कि अब कागजको नक्सामा मात्रै सरकारले सीमा फर्काउँछ । साँचै चाहिँ फर्काउन सक्तैन । त्यही बाहनाको लागि नीति कार्यक्रमको पुछारमा सीमा अतिक्रमणको विषयमा लेखिएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment