Comments Add Comment

निरोगी जीवनका लागि अपनाउनुपर्ने ८ विधि

कहिले ज्वरो आउँछ, कहिले रुघाखोकीले सताउँछ, कहिले टाउको दुख्छ, कहिले कमजोरी महसुस हुन्छ, कहिले चक्कर लाग्छ।

जब हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस किसिमको समस्यालाई सताइरहन्छ । अतः यस्तो समस्याकै कारण हाम्रो दैनिक कार्य तालिका बिग्रन्छ । सोचेजस्तो ढंगले काम गर्न सक्दैनौं । यावत समस्याको उपचार गरेर पनि साध्य हुँदैन । त्यसमाथि औषधि सेवन गर्नुका अनेकौं बेफाइदा छन् ।

यद्यपि केही काइदा छन् । जसलाई अपनाएर सानातिनो बिमारीबाट बच्न सकिन्छ । त्यसका लागि केही घरेलु उपाय अपनाउन र नियमको पालना गर्नुपर्छ ।

१. राति तामाको भाँडामा पानी भरेर राख्ने र बिहान सूर्योदयअघि उठेर ब्रस नगरी पानी पिउनुपर्छ । यस किसिमको पानी अत्यन्तै गुणकारी मानिन्छ ।

२. भोजन गरेको एक घण्टापछि पानी पिउनुपर्छ । यसले पाचनयन्त्र बलियो बनाउँछ ।

३. तुलसी एक अत्यन्तै गुणकारी वनस्पती हो । तुलसीको चारवटा पात दिनहुँ सेवन गर्दा मुटु र पेटसम्बन्धीको रोग लाग्दैन । साथै यसमा क्यान्सरविरुद्ध लड्ने क्षमता पनि हुन्छ ।

४. भोजन राम्ररी चपाएर खानुपर्छ । खानासँग पानी पिउनुहुँदैन । खाना खाएको एक घण्टापछि पानी पिउनुपर्छ, यसले पाचनयन्त्र ठिक राख्छ । साथै मोटोपनको समस्या पनि आउन दिँदैन ।

५. हप्तामा एक पटक करेलाको सब्जी सेवन गरौ‌ं । यसले ज्वरो, पित्त, पखला, पेटको जुका आदिबाट बचाउँछ । साथै करेलाले मोटोपन नियन्त्रण गर्छ । मधुमेह रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

६. भोजनमा लसुनको प्रयोग गरौ । यो एक एन्टिवायोटिक हो । लसुनले क्षयरोग जस्ता रोग लाग्न दिँदैन । साथै रगत पनि सफा राख्छ । लसुनको एक केस्रालाई चार टुक्रा परोर त्यसलाई राम्ररी चपाएर सेवन गरौ । यसले पेटको जीवाणु मर्छ र पेटलाई स्वस्थ्य राख्छ ।

७. अदुवा, मरिच र तुलसीको पातको चिया बनाएर सेवन गरौ ।

८. प्याजमा पनि अत्यन्त गुणकारी तत्व हुन्छ । यसलाई भोजनका साथ सेवन गर्नु राम्रो हो । यसले भाइरल फिबरको समस्या आउन दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment