
४ जेठ, जनकपुरधाम । धनुषाबाट हतियारसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शहीद नगरपालिकाबाट प्रहरीले आइतबार धनुषाकै कमला नगरपालिका ८ बस्ने १८ बर्षीय अक्षय पासवान र २० वर्षका सुनीलकुमार साह पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी जयराज सापकोटाले जानकारी दिए ।
शहीदनगर नगरपालिका ३ स्थित झण्डा चोकमा १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा हतियार भेटिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4