Comments Add Comment

अहिलेको मुख्य प्राथमिकता बाँच्नु र बचाउनु हो : विनोद चौधरी

फाइल तस्वीर

५ जेठ, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले कोरोना महामारीको अहिलेको समयमा बाँच्नु र बचाउनु नै सरकारको मुख्य प्रथमिकता हुनुपर्ने बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद चौधरीले नीति तथा कार्यक्रममा विगतदेखि सञ्चालनमा रहेका कतिपय आयोजनाको व्याख्या गरिए पनि आजका प्राथमिकता बाच्नु र बचाउनु नै रहेको उल्लेख गरे ।

‘रोजगारी, गुम्दैछन्, उद्योगधन्दा बन्द छन्, सडकमा उभिएका दिनहुँ काम गरेर हातमुख जोड्नुपर्ने बाध्यता भएका कामदार कामविहीन रहेका छन्,’ उनले भने । नाङ्लो पसले, रिक्सा चालकदेखि लिएर समाजको हरेक वर्ग कोभिड १९ र कोभिड भन्दा अगाडि भोकमरीले मरिने हो कि भन्ने त्रासमा रहेको उनले उल्लेख गरे ।

खुलेका उद्योग नै चल्न नसकेको अवस्थामा भोलिको दिनमा नयाँ उद्योग खुल्ने र लाखौं रोजगारी दिने उद्घोष दिवास्वप्न मात्र हुने चौधरीले बताए ।

बेरोजगारी अबको ठूलो चुनौती  रहेको भन्दै उनले विदेशबाट ठूलो संख्यामा युवा जनशक्ति फर्कने क्रममा रहेकाले उनीहरुलाई कृषिमा लगाउन  सक्नुपर्ने धारणा राखे ।

भारत र चीनबाट आयात हुने तरकारीमात्र प्रतिस्थापन गर्न सके पनि मुलुक आत्मनिर्भर हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment