Comments Add Comment

रौतहटका ८५ जना पत्रकारको बिमा

५ जेठ, रौतहट । कोभिड-१९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको बिमा गरिएइको छ ।

नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बिमा गराएको हो । माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागि कूल ८५ लाखको बिमा गरिएको हो ।

माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र राय यादवले बिमाको लागि लाग्ने शुल्क बराबरको चेक पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।

पछिल्लो समय संक्रमितको सँख्या बढ्न थालेपछि रौतहटमा जोखिम बढेको छ । ‘विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोबल उच्च बनाउन र सुरक्षासमेत प्रदान गर्ने उदेश्यले बिमा शुल्क रकम सहयोग गरेको हौैं,’ मेयर यादवले भने, ‘नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागि सहयोग गर्न पाउदा खुशी लागेको छ ।’

नेपाल पत्रकार महासंघसँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बिमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतह शाखाका सचिव गौतम श्रेष्ठले बताए ।

प्रतिव्यक्ति ६ सयका दरले कूल ५१ हजार बिमा शुल्क माधवनारायण नगरपालिकाले सहयोग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment