+
+
Shares

कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १७:४०

५ जेठ, बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ २० गते सम्म सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ २० गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो । यसअघि जिल्लालाई जेठ ५ गते राति १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो ।

‘जिल्ला सिल हुँदा पनि खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म प्रत्येक सोमबार, बुधबार र शनिबार खुला हुनेछन्’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘तर अन्य जिल्लाबाट आउन र जान पूर्ण निषेध गरिएको छ ।’

अत्यावश्यक बाहेका सबै उद्योग धन्दा कलकारखाना उद्योग व्यवसाय, सवारी सधान सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्लामा सोमबारसम्म कोरोना संक्रमितको संख्या ४३ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?