Comments Add Comment

भानु बोखिम र भोगेन एक्लेका दुई कविता

१० जेठ, काठमाडौं । कवि भानु बोखिम र भोगेन एक्ले साहित्य क्षेत्रमा चिनिएका युवा नाम हुन् । यहाँ हामीले दुईजनाका बेग्लाबेग्लै सिर्जनालाई एकैठाउँ पस्किएका छौं ।

भानुले पूर्वलडाकूको सन्दर्भमा कविता लेखेका छन् भने भोगेनले गाउँको महत्वलाई कविता मार्फत सम्झाउन खोजेका छन् ।

पूर्वलडाकुको उच्छवास : भानु बोखिम

आखिर जसले गाए पनि
सत्ताको गीत त उस्तै हुँदोरहेछ
गाउने स्वयमलाई अलौकिक, सुन्नेलाई कर्कस
कामरेड !
सिंहदरबारको आसनबाट फुर्सद मिले
नियालेर हेर्नु मेरो धमिलो आँखा
छामेर हेर्नु यो आहत छाति
कोट्याएर हेर्नु मैले बाँचेको अतित

अनि सम्झनू-
हिजो बारुद, गोली बोकिहिँडेको विकटमा
कसरी बाँचेको छु म आज
तिमीले देखाएको सपनाको विशाल सगरमाथाले किचिएर
तिम्रो क्रान्तिको समर्थनमा थिए मेरा दाइ
जो, स्कुलमा केटाकेटीलाई जीवन र संघर्ष पढाउँथे
एक दिन पढाईरहेकै बेला
बन्दुक भिरेर स्कुल छिर्यो राज्य
रोकियो दाइको मुटुको चाल
आतंकारीहरुको सूचीमा दरिँदै

मेरी ठूलीदिदी
आफ्ना स-साना छोराछोरीले घेरिएर
अँगेनोमा रोटी पकाउँदै थिइन्
अभावमा पनि सन्तानलाई बचाउनुपर्छ भनेर
अचानक ढलिन् अगेनो छेउमै
उनको छातीबाट पार भएको गोली
निस्किएको थियो- आतंकारीको बहिनीको खोजीमा

आफन्तको रगतले भिजेको माटो हेरेर सम्झें
कति निठुर हुन सकेको होला नियति ?
कति कठोर हुन सकेको होला सत्ताधारी ?
कति प्रतिकुल बनेको होला समय ?
त्यो बेला भनेको थियौ कामरेड-
‘हामीले उठाउनु छ बन्दुक
गर्नु छ बिद्रोह अनि बदल्नु छ समय
बदलिएको समयमा गाईनेछन्
भुईंतहको मान्छेको गीत
उदाउनेछ सर्वहाराले चाहेजस्तै जून-घाम
चल्नेछ समानताको शित्तल हावा’

सुनौलो भविष्यको नाममा थमाएको थियौ
एक थान बन्दुक यी हातहरूमा

कामरेड ! आज तिमी सत्तामा छौ
आखिर ‘सत्ताको गीत’ त उस्तै रहेछ
तिमी पनि अलाप्दै छौ कठोरता र क्ररता
र दाबी गरिरहेका छौ-
यो इतिहासकै उत्कृष्ट गीत हो !

०००

गाउँको गीत : भोगेन एक्ले

आउ आउ गाउँ आउ
अरू केही नभए पनि गाउँमा
एकटोपी गिठ्ठँ भ्याकुर फलाउन
एकमानो बीजन उमार्न
आमाजस्तै मलिलो माटो छ
तिमीले नै खाएर हुर्किएको त्यो दुधजस्तो
निरन्तर बगीरहने जरुवाको चिसो पानी छ
त्यसो र आउ अब गाउँ आउ ।

जबजब सन्त्रास बढ्छ सहरमा
गाउामा आउ यहाा शान्ति छ
हलोले गोली ठोक्दैन
न त कोदालीले बम पड्काउाछ
जित्नलाई आउ यहाा कृषि क्रान्ति छ
मर्दाको मलामी बांच्दाको जन्ती छ
जबजब बेरोजगारी बढ्छ सहरमा
गाउामा आउ यहाा रोजगारी छ ।

तिमीले गाउँ छाडेपछि
उन्यु फुलेको, वनमनरा झुलेको
तिम्रो च्याब्जुहरुको घडेरी मात्र खोस्र
तिमीलाई एकपेट खानु र एकसरो लाउनु पुग्छ ।
तिमीसँग छैन होला घैया र कागुनीको बिउ
धन्दा नमान गाउँलाई छोएको छैन सहरले
गाउँलेसँग प्रसस्त छ अझै दल अनि दिल
हो, एक पेट र एकसरोले पुग्दैन आज
कपुरी क, खरायो ख, निकै महङ्गो बनेको छ,
राम्रो नाना, मिठो खानामा होडाबाजी चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment