+
+

जुवाडेलाई ५ दिन थुन्न प्रशासनको अनुमति, प्रहरीले मानेन !

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १६:०८
फाइल तस्वीर

२० जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनमा पक्राउ परेका ९ जना व्यक्तिलाई प्रहरीले छाड्ने भएको छ । कोरोना भाइरसको कारण देखाउँदै प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागेको हो ।

कानुनतः अनुसन्धान अधिकृतले मनासिब लागे जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर अभियुक्तलाई हाजिरी जमानीमा छाड्न मिल्ने व्यवस्था छ । त्यही अधिकारको प्रयोग गर्दै भीआईपी जुवाडेलाई छाड्न लागिएको हो ।

दरबारमार्ग प्रहरीका प्रमुख डीएसपी रञ्जन दाहालले अनलाइनखबरसँग भने, ‘लकडाउनका कारण हाजिरी जमानीमा राख्न लागेका हौं ।’ मंगलबार मात्रै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए ।

प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये जोगाइ होटलका सञ्चालक हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो । पक्राउ परेका ८ जना व्यवसायी मुलुकको प्रतिष्ठित व्यापारिक घरानासँग जोडिएका व्यक्ति हुन् । उनीहरु पक्राउ परेदेखि नै छुटाउन प्रहरीलाई दबाव थियो ।

काठमाडौं प्रहरीका अधिकृतहरुले भने जुवाडेलाई हाजिरी जमानीमा राख्दैमा अनुसन्धानमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?