Comments Add Comment

पूर्व कप्तान अनु लामा हवल्दारमा बढुवा

२२ जेठ काठमाडौं । राष्ट्रिय फुटबल टिमकी पूर्व कप्तान अनु लामा अनु लामा शसस्त्र प्रहरी बल (एपीएफ) को हवल्दार पदमा बढुवा भएकी छिन् । उनी सहायक हवल्दारबाट बढुवा भएकी हुन् ।

एपीएफ फुटबल टिमकी कप्तानसमेत रहेकी फरवार्ड लामाले बिहीवार हवल्दारको दर्जानी चिह्न शुक्रबार प्रात गरिन् । उनीसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडी भगवती थापा, रञ्जना दर्जी र रिता आले पनि हवल्दारमा बढुवा भएका हुन् ।

गत मंसिरसम्म अनु नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा सावित्रा भण्डारीसंगै संयुक्त रुपमा शीर्ष स्थानमा थिइन् । १३औं सागबाट सावित्रा भण्डारीले अनुलाई पछि पारिन् । सावित्राले सर्वाधिक ३८ गोल गर्दा अनुको नाममा ३५ अन्तर्राष्ट्रिय गोल छ ।

पछिल्लो समय राष्ट्रिय टिममा पर्न असफल अनुले घरेलु फुटबलमा भने निरन्तरता दिइरहेकी छिन् । रौतहट स्थायी घर भएकी अनुलाई गत वर्ष अखिल नेपाल फुटबल संघ एन्फाले विशेष योगदान गर्ने खेलाडीको अवार्डबाट सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment