+
+
Shares

भारतमा ८० दिनपछि डिजेल र पेट्रोलको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १९:२२

२५ वैशाख, काठमाडौं । भारतमा ८० दिनपछि पेट्रोलियम पदार्थको भाउ बढेको छ । राज्य नियन्त्रित पेट्रोलियमको खुद्रा विक्रेताले पेट्रोल र डिजेलको भाउमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आइतबारबाट लागू हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर ६० पैसा भारु मूल्य थपिएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

स्वचालित मल्य प्रणालीअनुसार नै पेट्रोलियमको मूल्य समायोजन हुने भएपनि कोरोना महामारीका कारण देशव्यापी लगाइको लकडाउनले भारतमा इन्धनको मूल्य मार्च १६ पछि घटबढ भएको थिएन ।

यसअघि लकडाउनका कारण राजश्व आम्दानी गुमेको भन्दै भारतमा कोरोना कोषमा जम्मा गर्न डिजेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ कर बढाइएको थियो ।
बढेको नयाँ मूल्य पछि नयाँ दिल्लीमा पेट्रोलको मूल्य ७१ रुपैयाँ ८६ पैसा र डिजेलको मूल्य ६९.९९ पैसा भारु पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?