Comments Add Comment

एसियाली मुलुकमा तीव्र बढ्दैछ कोलेस्ट्रोल

हाइ डेन्सिटीयुक्त लिपोप्रोटिन वा एचडीएललाई राम्रो कोलेस्ट्रोल मानिन्छ । यसले हाम्रो धमनीमा हुने अवरोध हटाउन सहयोगी मानिन्छ र खराब कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्छ । अर्कोचाहिँ लो डेन्सिटी लिपोप्रोटिन वा एलडीएल खराब कोलेस्ट्रोल हो, जसले धमनीमा अवरोध पुर्‍याउँछ ।

यसले गर्दा कार्डिक अरेस्ट र मुटुसँग सम्बन्धित रोगको खतरा बढाउँछ । शरीरमा खराब कोलेस्ट्रोलको स्तर जति बढी हुन्छ, रक्तप्रवाहमा अवरोध र मुटुरोगको भय उति नै हुन्छ । कतिपय अवस्थामा यसले निकै भयानक अवस्था ल्याउन सक्छ।

विभिन्न अध्ययनले के देखाएको छ भने एसियाली मुलुकमा कोलेस्ट्रोलको समस्या तीव्र रुपमा बढ्दै गएको छ । जबकि पश्चिमी मुलुकमा यस्तो समस्या घट्दै गएको छ । वैश्विक कोलेस्ट्रोलको स्तरमा आधारित सबैभन्दा ठूलो अध्ययनमा आधारित तथ्य हो यो ।

हालै इम्पेरियल कलेज, लन्डनको नेतृत्वमा प्रसिद्ध वैज्ञानिक पत्रिका ‘नेचर’मा नयाँ अध्ययन ‘गैर इस्टतम कोलेस्ट्रोलको वैश्विक उपरिकेन्द्रको पुनर्मूल्याङ्कन’ प्रकाशित गरिएको थियो। जसमा विश्वका सयौं शोधकर्ताले योगदान दिएका थिए ।

अनुसन्धानमा १०६ दशमलव ६ मिलियन व्यक्तिको डेटा उपयोग गरिएको थियो । सन् १९८० देखि २०१८ सम्म ३९ वर्षको समायावधिमा दुई सय देशमा कोलेस्टोरको स्तर जाँच गरिएको थियो।

कसरी बढाउने गुड कोलेस्ट्रोल ?

यदि तपाईं सधै स्वस्थ्य रहन चाहनुहुन्छ भने सबैभन्दा पहिला त तपाईंले चिनीको प्रयोग नियन्त्रण गर्नुपर्छ । राम्रो कोलेस्टोरको स्तर बढाउनका लागि तपाईंले चिनीको मात्रा त्याग्नैपर्छ । यसले तपाईंको मोटोपन घटाउन पनि सहयोग गर्नेछ ।

मोटोपन र एलडीएल दुवै साथसाथ हुन्छ । दैनिक हल्का व्यायाम र खानपानमा सुधार गरेर पनि यसलाई काबुमा ल्याउन सकिन्छ । भिटामिन बी उच्च घनत्वयुक्त लिपोप्रोटिन बढाउनमा सहायक हुन्छ ।

धुम्रपान छाड्नासाथ तपाईंको एचडीएलको स्तर दश प्रतिशतसम्म बढ्न सक्छ । मदिरामाथि पनि नियन्त्रण गर्नैपर्छ ।

व्यायामले तपाईंलाई तन्दुरुस्त राख्छ र कतिपय रोगको सम्भावना पनि कम गराउँछ । शरीरमा राम्रो कोलेस्टोरको स्तर बढाउनमा समेत नियमित व्यायाम अपरिहार्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment