
२९ जेठ, विराटनगर । लकडाउनमा होटल सञ्चालनमा अवरोध नगर्ने सर्तमा घुस माग्ने प्रहरी कनिष्ठ अधिकृत रंगेहात पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सीआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सीताराम घिमिरे चार हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले बिहीबार कटहरी गाउँपालिका ३ कहटरी चोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4