Comments Add Comment

इंग्ल्याण्ड टुरका लागि २९ सदस्यीय पाकिस्तानी टोलीको घोषणा

३० जेठ काठमाडौं । इंग्ल्याण्ड टुरका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा भएको छ । टेष्ट र टी २० अन्तर्राष्ट्रियका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शुक्रबार २९ सदस्यीय टोली घोषणा गरेको हो ।

टेष्ट टिमको कप्तानी अजर अलीले गर्नेछन् भने बाबर अजामले टी२० को कप्तानी गर्नेछन् । टुर आगामी सेप्टेम्बर-अक्टोबरमा हुनेछ । टोलीमा यू-१९ खेलाडी हैदर अली नयाँ अनुहारको रुपमा छन् ।

यस्तै ३५ वर्षीय फास्ट बलर सोहेल खानले पुनरागमन गरेका छन् । यसअघि सबै फर्म्याटका कप्तान रहिसकेका सरफराज अहमेद पनि टिममा छन् । उनले पाकिस्तानका लागि पछिल्लोपटक  गत अक्टोबरमा खेलेका थिए ।

पीसीबीले घोषणा गरेको टोलीमा ४ ओपनर ९ मिडल अर्डर ब्याट्सम्यान र २ विकेटकिपर छन् । यस्तै १० फास्ट बलर र ४ स्पिनर छन् ।

पछिल्लो पटक बंगलादेश टुरमा रहेका हरिस सोहेलले पारिवारिक कारण देखाउदै नाम फिर्ता लिएका छन् । यस्तै टेष्टबाट सन्यास लिइसकेका फास्ट बलर मोहम्मद आमिरले पनि टोलीबाट नाम फिर्ता लिएका थिए । उनी टी-२० अन्तर्राष्ट्रिय मात्र खेल्न योग्य छन् । अगष्टमा उनको दोस्रो बच्चा जन्मिने समय रहेकोले पनि टिमबाट नाम फिर्ता लिएको पिसीबीले जनाएको छ ।

पहिलो पटक टिममा स्थान बनाएर युवा खेलाडी हैदर अलीले पीएसएल क्वाइदे अजाम ट्रफी एसीसी इमर्जिङ टिम्स कप र यू-१९ वर्ल्डकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसैगरी बिलाल असिफ इमरान बट मुसा खान र मोहम्मद नवाजलाई रिजर्भ खेलाडीको रुपमा राखिएको छ ।

२९ सदस्यीय टोली

ओपनर : अबिद अली, फकर जमन, इमाम उल हक, शान मक्सुद ।

मिडल अर्डर ब्याट्सम्यान : अजर अली (कप्तान, टेष्ट), बाबर अजाम (कप्तान, टी२०), असद शफिक, फवाद आलम, हैदर अली, इफ्तिखर अहमद, खुशदिल शाह, मोहमम्द हाफिज, सोएब मल्लिक ।

विकेटकिपर : मोहम्मद रिजवान, सर्फ्राज अहमद ।

फास्ट बलर : फहिम अस्रफ, हरिस राउफ, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद हासनेन, नसिम शाह, शाहिन अफ्रिदी, सोहेल खान, उस्मान सिनवारी, वाहव रियाज ।

स्पिनर : इमाद वासिम, कसिफ भट्टी, शदाब खान, यासिर शाह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment