Comments Add Comment

निजी मेडिकल कलेजहरूमा आइसोलेसन सेन्टर बनाउने निर्णय

फाइल तस्वीर

३२ जेठ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको पछिल्लो बैठकले प्रदेशहरुमा सञ्चालित मेडिकल कलेज र सरकारी आवासीय भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । त्यहाँ राखिने संक्रमितहरुको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ ।

साथै सेवा शुल्क पनि तोक्ने सीसीएमसीको निर्णय छ ।

मेडिकल कलेज तथा सरकारी आवासीय भवनमा नभएका स्थानमा हालका क्वारेन्टिन स्थलहरुलाई नै आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ । यसका लागि आवश्यक बजेट प्रदेश र जिल्लास्तरीय सीसीएमसीलाई बजेट दिइनेछ ।

पूर्वाधार नभएका जिल्लाहरमा सम्भावित संक्रमित आंकलन गरेर पनि आइसोलेसन सेन्टर बनाइने भएको छ । संक्रमितहरुलाई निगरानी प्रणालीसहित स्वच्छेक रुपमा होम आइसोलेसनमा व्यवस्थापन गर्ने योजना बनाउने निर्णय पनि भएको छ ।

सीसीएमसीले क्वारेन्टिन स्थलको बेड क्षमताभन्दा बढी मानिस नराख्न निर्देशन दिएको छ । बढी भएकाहरुलाई जिल्लाकै अर्को क्वारेन्टिनमा लैजान र छिटो परीक्षण गरेर होम क्वारेन्टिनमा पठाउन जिल्लास्तरीय सीसीएमसीलाई निर्देशन दिएको हो ।

बैठकले कोरोना रोकथाम तथा उपचारमा तीनै तहको सरकारबाट भएको निकासा र खर्चको मासिक फाँटवारी महालेखा नियन्त्रक कार्यालयले संकलन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment