Comments Add Comment

अन्तरिक्षमा होटेल बनाउँदै नासा

पृथ्वीमा बनेका एक से एक उत्कृष्ट तथा अचम्म लाग्दा होटलहरूका बारेमा त सुनिएकै हो । कतिपय होटल समुद्रमुनि र कतिपय होटल जमिनमुनि समेत बनेका छन् । तर यी सबै खालका होटलहरूभन्दा भिन्न अमेरिकाले अन्तरिक्षमा एउटा होटल निर्माण गर्दैछ ।

हो, अमेरिकी अन्तरिक्ष संस्था नासाले अन्तरिक्षमा होटल बनाउने तयारी गरेको छ । अन्तरिक्षको मध्यस्थानमा बन्ने अमेरिकी होटल एएटा सानो स्टुडियो अपार्टमेन्ट जत्रै हुनेछ । सन् २०२३ सम्ममा उक्त होटलको निर्माण सम्पन्न हुने बताइउको छ ।

यसका लागि नासाले नर्थरोप ग्रुम्यान स्पेस नामक संयन्त्र खडा गरेको छ । त्यसले अन्तरिक्ष यात्राका क्रममा बसोबास तथा बन्दोबस्तीको लागि एउटा गेस्ट हाउस निर्माण गर्नेछ । उक्त होटल गेस्ट हाउसको नाम ह्याबिटेसन एण्ड लजिस्टिक आउटपोस्ट (ह्यालो) राखिएको छ।

यो होटलले एकातर्फ चन्द्रमा र पृथ्वीको बीचमा रहेका अन्तरिक्षयानहरूलाई जोड्ने केन्द्रको रुपमा काम गर्नेछ भने अर्कोतर्फ चन्द्रमाको परिक्रमा गर्ने स्पेस स्टेसनमा जाने अन्तरिक्ष यात्रीका लागि बासस्थानको काम गर्नेछ ।

स्मरण रहोस् अमेरिकाले सन् २०२३ देखि चन्द्रमाको अन्वेषणका लागि चन्द्र कक्षमा घुम्ने नासा गेटवे नामक स्पेस स्टेसनको स्थापना गर्नेछ । अन्तरिक्षमा बन्ने उक्त ‘होटल’ चन्द्रमाको दिगो अन्वेषणको क्षेत्रमा महत्वपूर्ण कोशेढुङ्गा बन्ने नासाका आधिकारीले जनाएका छन् । साथै, यसले मंगल ग्रहमा मानिस पठाउने भविष्यको योजनामा समेत सहयोग गर्ने विश्वास नासाको छ ।

नासाले सन् २०२४ सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आर्टेमिस नामक परियोजनाको सुरुवात गरेको छ। उक्त योजनाअन्तर्गत् पहिलोपटक चन्द्रमामा एकजना महिला अन्तरिक्ष यात्री पठाउने योजना नासाको छ ।

अन्तरिक्षमा बनाइने उक्त होटलको लागत साढे १८ करोड डलर हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment