+

लिग लिडर बार्सिलोना सेभियासँग बराबरीमा रोकियो, रियललाई अवसर

२०७७ असार  ६ गते ८:५१ २०७७ असार ६ गते ८:५१
लिग लिडर बार्सिलोना सेभियासँग बराबरीमा रोकियो, रियललाई अवसर

६ असार, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना तेस्रो स्थानको सेभियासँग बराबरीमा रोकिएको छ । गएराति सेभियाको मैदानमा भएको खेलमा बार्सिलोना र सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीले दुवै टिमलाई घाटा लागेको छ भने दोस्रो स्थानको रियललाई फाइदा पुगेको छ । बराबरीपछि बार्सिलोनाले रियलसँग ३ अंकको अग्रता मात्र बनाएको छ । सेभियालाई पराजित गरेको भए बार्सिलोनाले ५ अंकको अग्रता बनाउथ्यो ।

बार्सिलोनाका कप्तान लिओनल मेसीले पनि सेभियाविरुद्ध गोल गर्न नसक्दा करियरको ७०० औँ गोलका लागि अझै कुर्नुपर्ने भएको छ । बार्सिलोनाले अर्को खेल मंगलबार एथ्लेटिक विल्वाओसँग खेल्नेछ ।

३० खेलबाट बार्सिलोनाको ६५ अंक छ । एक खेल कम खेलेको रियल ६२ अंकसहित दोस्रो स्थानमा छ भने ३० खेलबाट ५२ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ ।

रियल मड्रिडले अब रियल सोसिडाडसँग खेल्दैछ । उक्त खेल जितेमा रियलले बार्सिलोनासँग अंक बराबरी गर्नेछ । अंक बराबरी भए पनि हेड टु हेडमा अगाडि रहेकाले त्यस्तो अवस्थामा रियल शीर्ष स्थानमा पुग्नेछ ।

यस्तै भियारियलले ग्रानडालाई १-० ले पराजित गर्दै शीर्ष चारको सम्भावना कायमै राखेको छ । ३० खेलबाट ४७ अंक जोडेको भियारिया सातौं स्थानमा छ । पाँचै स्थानको गेटाफे र छैटौं स्थानको सोसिडाडको पनि समान ४७ अंक नै छ तर दुवै टिमले एक खेल कम खेलेका छन् ।

बार्सिलोना स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय