+
+
Shares

मोटरसाइकल दुर्घटनामा आमा–छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १८:१७

१७ असार, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनागथ नगरपालिका ४ हरैयामा बुधबार भएको मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ ।

जनकपुर-ढल्केबर सडक खण्डमा पर्ने हरैयामा ज ३प ७०४२ नम्बरको मोटरसाइकल सडक छेउको खम्बामा ठोक्किँदा चालक जनकपुरधाम उपमहानगरपालिका- २० देवपुर रुपैठाका २५ बर्षीय विजय शर्मा र उनकी ४५ बर्षीया आमा धर्मवतीदेवीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका विजयलाई अस्पताल लग्ने क्रममा बाटोमै र उनकी आमाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका आमा छोराको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?