Comments Add Comment

तनहुँ र बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु

१८ असार, काठमाडौं । तनहुँ र बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । तनहुँमा बुधबार साँझ र बर्दियामा बुधबार राति करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँको आबुँखैरेनी गाउँपालिका-१ बरादी बस्ने ७४ वर्षीया मोती मायाँ पन्थको करेन्ट लागेर बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर नजिकै कुखुराको खोरमा लगेको बिजुलीको तारबाट अचानक करेन्ट लागेर बेहोस भएकी उनको मुग्लिङ हाईवय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियाको बारबर्दियानगरपालिका-४ घोरपिट्टा बस्ने ४५ वर्षीय मनिराम थारुको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । आफ्नैखेतमा रहेको बिजुलीको पोलको नाङ्गो तारमासमाउन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment