
१९ असार, जनकपुरधाम । बुधबारदेखि हराएकी धनुषा जनकपुरधामकी एक बालिकाको शव शुक्रबार फेला परेको छ ।
प्रहरीले उनको बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका –२१ कुर्था निवासी ११ बर्षीया कञ्चन पञ्जियारको शव शुक्रबार दिउँसो उनको घरदेखि झण्डै १ किलोमिटर टाढा दुधमती खोला छेउमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
उनको शव अर्धनग्न अवस्थामा फेला परेको उनले बताए । उनको बलात्कार भएको हो वा होइन भन्ने विषय पोस्टमार्टम रिपोर्टबाट खुल्ने कार्कीले बताए ।
बुधबार भैंसी चराउन गएकी बालिका हराएको सूचना पाएपछि प्रहरीले बिहीबारदेखि खोजी सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4