+
+
Shares

‘विशेष प्याकेजका साथ चन्द्रागिरी केवलकार सञ्चालन गर्न तयार छौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १६:१८

१९ असार, काठमाडौं । चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले पर्यटकीय केन्द्र चन्द्रागिरी सञ्चालनमा ल्याउन आफुहरु तयार रहेको बताएका छन् । कोरोना त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको उनले बताएका हुन् ।

आईएमई समुहका प्रवन्ध निर्देशक समेत रहेका ढकालले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी तयारी सकिएको बताए । उनले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेको सबै मापदण्डअनुरूप सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

ढकालले अब खुला गर्दा आन्तरिक पर्यटकलाई विशेष सहुलियतको प्याकेज दिने तयारी भइरहेको समेत जानकारी दिए । ‘सरकारले खोल भनेसँगै हामी सुरक्षाका मापदण्ड पालना गरेर खोल्न तयार छौँ’ उनले भने, ‘अब खोल्दा केही प्याकेज अवश्य ल्याउनेछौँ, यसका लागि वर्क आउट भइरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?