Comments Add Comment

सिंहदरवारबाट नेकपा नेतृत्वलाई दबाब–मिलेर खाऊ, हामीलाई सग्लो पार्टी देऊ

१९ असार, काठमाडौं । पार्टी विभाजन हुन नदिन नेकपाका दुवै गुटका विभिन्न तहका नेताहरुले सामुहिक दबाब दिने क्रम बढेको छ । घनश्याम भुसालको अगुवाईमा ११ जना स्थायी कमिटी सदस्यले शीर्ष नेतालाई ‘युद्धबिराम’ गर्न दबाब दिएलगत्तै युवा नेताहरुको अर्को भेला भएको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङसहित युवा केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले पार्टीका मुख्य नेताहरुलाई पार्टी विभाजनको विपक्षमा खबरदारी गरेको हो । उनीहरुले शनिबार पनि भेला भएर नेतृत्वलाई दबाब दिने भएका छन् ।

बैठकमा मन्त्री गुरुङ, यज्ञराज सनुवार,गणेश पहाडी, लीलानाथ श्रेष्ठ, सुरेशकुमार राई, कमला रोक्कालगायत सहभागी थिए । पार्टी विभाजनको विपक्षमा आम कार्यकर्ता पंक्तिलाई आह्वान गर्न र नेतृत्वलाई दबाब दिन शनिबार पनि भेला हुने सांसद सुनुवारले बताए ।

उनले भने ‘यस्तो बेला केही चाटुकार बाहेक कसैले पार्टी बिभाजन गर्न नेताहरुलाई उक्साउदैनन् । मुख्य नेताहरुले समझदारीमा पार्टी चलाउनुपर्छ र कुनै हालतमा विभाजन हुनु हुदैन । नेताहरुले बाँडेर पद लिउन् तर हामीलाई सिंगो पार्टी दिउन् भन्ने हाम्रो भनाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment